चाडपर्व लक्षित सडक मर्मतसम्भार गरिने

काठमाडाैं | असोज ३, २०७९

चाडपर्व लक्षित सडक मर्मतसम्भार गरिने

 

काठमाडौं । चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गरिने भएको छ ।

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडकलाई मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो । दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले राससलाई जानकारी दिनुभयो ।

 

बैठकले महासङ्घले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेका २१ बुँदे मागको विषयमा यातायात व्यवस्था विभागले अध्ययन, छलफल, परामर्श गरी मन्त्रालयमा राय, प्रतिक्रियासहितको प्रतिवेदन पेश गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा मन्त्री इस्तिहाक राई सहित मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डे, मन्त्रालयका सहसचिवहरु, महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका उपाध्यक्ष रवि रिमाल, महासङ्घका महासचिव गौतम, उपमहासचिव रजन रोक्कालगायतको उपस्थिति रहेको थियो । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्